काठमाडौं । सरकारले विदेशी क्रिकेटरलाई घरेलु क्रिकेट प्रतियोगितामा खेल्न कडाई गरेको छ । श्रम ईजाजत नलिएर घरेलु फ्रेन्चाईज लिगमा खेल्दै आएका विदेशी क्रिकेटरलाई सरकारले अनिवार्य श्रम स्विकृती लिन निर्देशन जारी गरेको छ ।
श्रम ईजाजत नलिएर लिग क्रिकेट खेलाईएको भन्दै कारबाहीको माग सहित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी परेको थियो ।
नेपालमा संचालन हुने खेलकुद प्रतियोगितामा नेपाली क्लबमा खेल्न आउने विदेशी खलाडीलाई श्रम ऐन अनुसार अनिवार्य रुपम श्रम ईजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागि गराउन श्रम तथा रोजगार मन्त्रालयले सम्बन्धित निकायलाई दिर्नेशन दिएको छ ।
पछिल्लो समय घरेलु क्रिकेटमा सुरु भएको फ्रेन्चाईज लिगमा विदेशी खेलाडी अनिवार्य गरिएको थियो । तर अधिकांश टोलीले श्रम स्विकृती बिनानै विदेशी खेलाडीलाई प्रतियोगितामा खेलाउने गरेका थिए ।
मन्त्रालयको पछिल्लो निर्देशनसंगै श्रम ईजाजतबिना कुनैपनि विदेशी खेलाडीले फ्रेन्चाईज प्रतियोगिता खेल्न रोक लागेको छ ।
हेर्नुस पत्र :