रोकियो लिग लिडर युभेन्ट्स
२०२५ सेप्टेम्बर २१, आइतबार
-1758419163492.webp&w=3840&q=75)
काठमाडौं। युभेन्ट्सले सुरुआती अग्रता लिए पनि सिरी ‘ए’ मा अन्ततः भेरोनासँग बराबरीमा खेलेको छ।
१९औं मिनेटमा फ्रान्सिस्को कोन्सेइसाओले उत्कृष्ट ड्रिबलिङपछि बक्स बाहिरबाट प्रहार गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए।
तर, जोआओ मारियोको ह्यान्डबलका कारण भेरोनाले पेनाल्टी पायो र गिफ्ट ओर्बानले पहिलो हाफ सकिनु अघि सहजै गोल गर्दै खेल बराबरीमा ल्याए।
६७औं मिनेटमा सुयात सेरदारले कार्नरबाट गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए। तर, भिएआर समीक्षा पछि अफसाइड ठहरिएर गोल खारेज गरियो।
योसँगै शीर्ष स्थानको युभेन्ट्सको ४ खेलबाट १० अंक पुगेको छ।