प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत
२०२५ सेप्टेम्बर २०, शनिबार
-1758390972228.jpeg&w=3840&q=75)
काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा नेपाली मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लबले जोर्डन महिला प्रो लिगमा निराशाजनक सुरुआत गरेको छ।
शनिबार सम्पन्न लिगको उद्घाटन खेलमा अर्थोडक्सीसँग अल–इत्तिहादले १–१ को बराबरी खेलेको हो। योसँगै दुवै टोलीले समान एक अंक हात पारेका छन्।
योसँगै प्रीतिले लिगमा डेब्यूसमेत गरेकी छन्।
यसअघि प्रीतीले २०२५/२६ को एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा पनि अल– इत्तिहादबाटै खेलेकी थिइन्।