भुटानलाई हराउँदै भारत सेमिफाइनलमा
२०२५ सेप्टेम्बर १९, शुक्रबार

काठमाडौं। भुटानमाथि संघर्षपूर्ण जित निकाल्दै साबिक विजेता भारत एक खेलअगाबै साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
कोलम्बो रेसकोर्स स्टेडियममा शुक्रबार सम्पन्न खेलमा भारतले भुटानलाई १–० ले पराजित गरेको हो। लगातार दोस्रो जितसहित भारत अन्तिम चारमा प्रवेश गरेको हो। पहिलो खेलमा भारतले माल्दिभ्समाथि ६–० को फराकिलो जित हात पारेको थियो।
यता, जितविहीन भुटान भने समूह चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा पाकिस्तानसँग भुटान ४–० ले पराजित भएको थियो।