छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

काठमाडौं। एसिया कपमा अफगानिस्तानविरुद्धको महत्त्वपूर्ण खेलकै बीच श्रीलंकाली क्रिकेटर दूनिथ भेल्लालागेले बाबुको निधनको दुःखद समाचार पाए।
कोलम्बोमा बिहीबार हृदयाघातका कारण उनका पिता सुरङ्गा भेल्लालागेको निधन भएको स्थानीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। श्रीलंकाली पूर्वबलर लसिथ मलिङ्गाले सामाजिक सञ्जालमार्फत यो खबर सार्वजनिक गरेका थिए।
२२ वर्षीय यी अलराउन्डर हाल एसिया कप खेल्न दुबईमा छन्। उनलाई श्रीलंकाको भविष्यका लागि एक सम्भावनाशील प्रतिभा मानिन्छ। तर, बिहीबारको खेल उनको लागि स्मरणीय बनेन।
अफगानिस्तानलाई हराउँदै श्रीलंका सुपर फोमा पुगेको थियो। तर, भेल्लालागे बलिङमा निकै खर्चिला साबित भए। उनको एक ओभरमा मोहम्मद नवीले पाँच छक्का प्रहार गरे.
भेल्लालागेका बाबुको निधनको खबरसँगै श्रीलंकाली क्रिकेट परिवार शोकमा डुबेको छ। मलिङ्गाले सामाजिक सञ्जालमा लेखेका छन्,‘दूनिथ भेल्लालागेका पिता सुरङ्गा भेल्लालागेको निधनले हामीलाई गहिरो शोक दिएको छ। यो कठिन समयमा सम्पूर्ण राष्ट्र तिमी र तिम्रो परिवारसँगै छ। उनको आत्माले चिरशान्ति पाओस्।’














-1775576795965.jpeg&w=3840&q=75)