इलाम। नेपाली यु–२० महिला टोलीकी स्ट्राइकर पूर्णीमा थुलुङ राईसहित तीन खेलाडी सम्मानित भएका छन्।
थुलुङ (राई) सामा केन्द्रीय सरोकार समितिले मंगलबार यु–२० महिला फुटबल टोलीका पूर्णिमासहित डिफेन्डरद्वय सिम्रन बायुङ राई र अनिशा साम्पाङ राईलाई जनही २५/२५ हजारका साथ सम्मान गरेको हो।
बंगलादेशको ढाकामा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा पूर्णिमाले सर्वाधिक १० गोल गरेकी थिइन्।
तर, बंगलादेशसँग ३–२ र ४–० को फराकिलो हारसँगै नेपाल उपविजेतामा सीमित भएको थियोे। उक्त टोलीमा सिम्रन र अनिशा पनि थिइन्।
यी तीन खेलाडीले भुटानमा एएफसी महिला यु–२० एसियन कप छनोट पनि खेलेका थिए। भुटानसँग १–१ को बराबरी र साउदी अरबसँग १–० को जित नेपालले निकालेको थियोे।
तर, जित्नैपर्ने अन्तिम खेलममा साबिक विजेता उत्तर कोरियासँग ११–० को फराकिलो हार बेहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको थियो।