काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा संकटा क्लबलाई २–१ ले पराजित गरेको हो।
जितसँगै तेस्रो स्थानमा उक्लिएको मच्छिन्द्रले ८ खेलबाट १७ अंक पुर्याएको छ। पराजित संकटा भने १८ अंकसहित दोस्रो स्थानमा छ।
मच्छिन्द्रको जितमा राहुलकुमार योञ्जन र गोविन्द विकले गोल गरे। संकटाका पेम्बा तामाङले गरेको गोल सान्त्वना रह्यो।
उनले ३३औं मिनेटमा गोल गरेका थिए।