एपीएफको जितमा प्रकाश निर्णायक
बिहिबार, साउन ९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। प्रकाश खनालको निर्णायक गोलसँगै विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा कठिन जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फामा बिहीबार सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) विरुद्ध एपीएफ १–० ले विजयी भएको हो। एपीएफको जितमा प्रकाशले गरेको एकमात्रै गोल निर्णायक बन्यो। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन्।
जितसँगै ८ खेलमा १५ अंक जोडेको एपीएफ चौथो स्थानमा उक्लिएको छ । १२औं स्थानमा रहेको पराजित एनआरटीको समान खेलबाट ५ अंक छ।













