बार्सिलोनाको जापान भ्रमण रद्द
बिहिबार, ०८ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्पेनिस फुटबल क्लब बार्सिलोनाले आउँदो जापान प्रि–सिजन खेल रद्द गरेको छ।
क्लबले बुधबार एक विज्ञप्ति जारी गर्दै जापान भ्रमण स्थगनको कारण सम्झौता उल्लंघन भएको जनाएको छ। योजना अनुसार बार्सिलोना बिहीबार जापानको क्लब भिसेल कोबेविरुद्ध खेल खेल्न टोकियो जाने तयारीमा थियो। तर अब उक्त यात्रा र खेल दुवै रद्द गरिएको छ।
क्लबले के सम्झौता उल्लंघन भएको हो खुलाएको छैन। बार्सिलोनाले कोरियाली भ्रमणसमेत पुनः समायोजन गर्न सक्ने संकेत दिएको छ।
क्लबले ३१ जुलाईमा एफसी सियोल र ४ अगस्टमा डेगु एफसीसँग खेल्ने कार्यक्रम रहेको छ। क्लबले भनेको छ, ‘यदि प्रवर्धकले केही निश्चित सर्तहरू पूरा गरे मात्र त्यसपछि क्लब दक्षिण कोरियातर्फ यात्रा गर्नेछ।’








-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)

%20(1)-1776682838956.jpeg&w=3840&q=75)