इतिहास बनाउँदै स्पेन फाइनलमा

काठमाडौं। जर्मनीमाथि १–० को जित निकाल्दै स्पेनले युरो २०२५ को फाइनलमा स्थान बनाएको छ।
अतिरिक्त समयको ११३औं मिनेटमा आताना बोनमातीले गरेको सानदार गोलसँगै स्पेन पहिलोपटक युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको हो। यो जित जर्मनीविरुद्ध नौ खेलमा पहिलो हो।
यो जितसँगै सन् २०२३ को विश्वकप फाइनलको सम्झना गराउने छ। उक्त खेलमा स्पेनले इंग्ल्यानडलाई १–० ले हराएको थियो।
'म निकै गर्व गर्छु,' दुई पटक बालोन डि’ओर जितेकी बोनमातीले खेलपछि भनिन्,'हामीले सारा प्रतियोगिता उत्कृष्ट खेलेका छौं। आजको खेल कठिन थियो किनकि हामी जर्मनीसँग खेल्दै थियौं। तर, हामीले इतिहास रचेका छौं।'
११३औं मिनेटमा एथेनेया डेल कास्टिलोले पास दिइन्, जसमा बोनमातीले रेबेका कनाकलाई छलाउँदै जबरजस्त फिनिश गरिन्। 'हामीले अध्ययन गरेका थियौं कि उनी (गोलकिपर) नजिकको पोस्ट खुला राख्छिन्,' बोनमातीले भनिन्,'त्यही भएको थियो र मैले गोल गरें।'
स्पेनले पछिल्ला दुई वर्षमा महिला विश्वकप र नेशन्स लिग जितिसकेको छ। अब युरोपियन उपाधि पनि थप्ने लक्ष्यमा छन्। प्रशिक्षक मोन्ट्से टोमेको टोलीले आइतबार इंग्ल्यान्डविरुद्ध फाइनल खेल्नेछ।
इंग्ल्यान्डले पनि आफ्नो सेमिफाइनलमा इटलीलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको थियो।








-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)

%20(1)-1776682838956.jpeg&w=3840&q=75)