काठमाडौं। आर्यन भण्डारीको निर्णायक गोलसँगै श्री भगवती क्लबले एन्फा यु–१६ युथ लिगमा कठिन जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फामा बुधबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबलाई भगवतीले १–० ले पराजित गरेको हो।
भगवतीलाई जित दिलाउन आर्यनले खेलको ५१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
जितसँगै आठ खेलमा ९ अंक जोडेको भगवती नवौं स्थानमा छ । तेस्रो स्थानमा रहेको फ्रेन्ड्सले समान खेलबाट १६ अंक जोडेको छ।