काठमाडौं। प्रकाश सिंहको दुई गोलसँगै मनाङ मर्स्याङदी क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फामा बुधबार सम्पन्न खेलमा मनाङ २–० ले विजयी भएको हो। मनाङलाई जित दिलाउन प्रकाशले दुवै गोल दोस्रो हाफ गरेका हुन्।
यो नतिजासँगै सात खेलमा १४ अंक जोडेको मनाङ चौथो स्थानमा उक्लिएको छ। १३औं स्थानमा रहेको आर्मीको समान खेलबाट तीन अंक छ।