काठमाडौं। नेपाली टोलीकी स्ट्राइकर पूर्णिमा राई साफ महिला यु–२० च्याम्पियनसिको सर्वाधिक गोलकर्ता बनेकी छन्।
उनले ६ खेलमा सर्वाधिक १० गोल गरिन्। भुटानविरुद्ध लगातार दुई ह्याट्रिकसहित उनले ७ गोल गरेकी थिइन्। त्यसमाथि श्रीलंकाविरुद्धको खेलमा थप ३ गोल गरेर आफ्नो कुल संख्या १० पुर्याएकी हुन्।
योसँगै उनले साफ इतिहासको पानामा पनि आफ्नै नाम सुरक्षित गरेकी छन्। उनको यो कीर्तिमानले सन् २०१८ को साफ यु–१८ च्याम्पियनसिपलाई सम्झाउँछ।
उक्त प्रतियोगितामा बंगलादेशकी फरवार्ड मोसममत सिरात जहान शोपनाले चाङ्लिमिथाङ रंगशालामा ८ गोलको कीर्तिमान बनाएकी थिइन्।
त्यो कीर्तिमान पूर्णिमाले ७ वर्षपछि भंग गरेकी हुन्।