• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि

काठमाडौं। तीन खेलको प्रतिबन्ध भोगेर आएकी मोसमत सागोरिकाको ह्याट्रिकसँगै बंगलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ।

बसुन्धरा किङ्स एरेनामा सोमबार सम्पन्न लिगको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० ले पराजित गरेको हो। योसँगै बंगलादेशले अपराजित रहँदै उपाधि जितेको हो। बंगलादेशले ६ खेलबाट १८ अंक जोड्यो।

समान खेल खेलेको नेपालको १२ अंक मात्रै रह्यो। प्रतियोगितामा बंगलादेशले नेपाललाई दोस्रोपल्ट हराएको हो। पहिलो खेलमा इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै बंगलादेशले ३–२ को नाटकीय जित निकालेको थियो।

बंगलादेशले सन् २०२३ को संस्करणको पनि उपाधि जितेको थियो। उमेर समूहमा बंगलादेशको यो पाँचौं उपाधि हो। यसअघि बंगलादेशले दुईपल्ट यु–१९ र समान एकपल्ट यु–१८ र यु–२० च्याम्पियनसिपको उपाधि हात पारेको थियो। 

बंगलादेशको जितमा सागोरिका नायक बनिन्। गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा नेपाली डिफेन्डर सिम्रन राई र सागोरिकाबीच मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएको थियो। 

सो घटनापछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएका थिए। रातो कार्ड पाउँदा समान्यतया एक खेलको प्रतिबन्ध लाग्ने थियो। 

तर, दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यी दुई खेलाडीलाई ३ खेलको प्रतिबन्ध र समान ५ सय अमेरिकी डलर जरिवाना गरेको थियो। प्रतिबन्धसँगै सोमबारको खेलमा दुवै खेलाडीले पुनरागमन गरेका थिए। तर, सागोरिकाले आक्रामक खेल देखाइन्।

खेलको आठौं मिनेटमै थ्रु बलमा उनले सुन्दर फिनिसिङ गरिन्। गोलकिपर सुजता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै सागोरिकाले खाली पोस्टमा गोल गरेकी हुन्। पहिलो हाफमा नेपाल १–० ले पछि थियो। तर, सागोरिकाले पुन: नेपालमाथि धावा बोलिन्।

उनले नेपाली डिफेन्डर सिम्रन र सुजतालाई बिट गर्दै ५२औं मिनेटमा अग्रता दोब्बर बनाइन्। त्यसको ६ मिनेटमै उनले ह्याट्रिक पूरा गरिन्। मध्यभागबाट आएको बलमा उनले हाइट बलमार्फत गोल गरिन्। 

बंगलादेशी खेलाडीबाट आएको लङ बललाई डिफेन्डर अनिशा राई पुग्न सकेनन्। त्यहीबेला सुजता अगाडि बढेकी थिइन्। त्यसैको फाइदा उठाउँदै उनले गोल गरेकी हुन्। ७८औं मिनेटमा सागोरिकाले चौथो गोल गरिन्। 

मुन्की अक्तरले सिम्रनलाई बिट गर्दै दिएको पासलाई उनले सुजताको सामुन्नेबाट गोल गरेकी हुन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
त्रासदी बनेकी सागोरिका
त्रासदी बनेकी सागोरिका
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
त्रासदी बनेकी सागोरिका
त्रासदी बनेकी सागोरिका
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
‘होर ई स्पोर्ट्स’ले पब्जी विश्वकप खेल्ने
‘होर ई स्पोर्ट्स’ले पब्जी विश्वकप खेल्ने
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP