काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको खेलमा सुरुआती ११ मा ३ परिवर्तन गरेका छन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे हुने छ।
गुरुङले कप्त ानजिम्मेवारीसहित बिर्सना चौधरीलाई सुरुआती ११ मा फर्काएका छन्। उनले सुजता केसीको स्थान लिएकी हुन्।
यस्तै, ३ खेलको प्रतिबन्ध र ५ सय डलर जरिवाना लागेकी डिफेन्डर सिम्रन राई पनि टोलीमा फर्किएकी छन्। उनले सरिता नाथको स्थान लिने छिन्। यस्तै, अनिशा राईले सेमिहाङमा लिम्बूलाई परिवर्तन गरेकी छन्।