काठमाडौं। भुटानले तेस्रो स्थानमा रहँदै साफ महिला यु–२० च्याम्पियनसिप सकाएको छ।
बसुन्धरा किङ्स एरेनामा भुटानले अन्तिम खेलमा श्रीलंकालाई ५–० ले पाखा लगाएको हो। यो नजितासँगै भुटानले ६ खेलमा २ जितसहित ६ अंक जोड्यो।
ती दुवै जित श्रीलंकाविरुद्ध निकालेको हो। भुटानले श्रीलंकाविरुद्धको पहिलो खेलमा ५–० को जित निकालेको थियो।
नेपालसँग ६–१ र ८–० तथा बंगलादेशसँग ४–१ र ३–० को हार बेहोर्यो। श्रीलंका भने अंक र जितविहीन रह्यो।