काठमाडौं। हेल्प नेपाल स्पोर्टस क्लबले काभा पुरुष च्याम्पियन्स लिगमा तेस्रो जित निकालेको छ।
मालेस्थित सोसल सेन्टरमा सोमबार काजकस्तानको क्लब जायक भलिबल क्बलमाथि ३–२ को कठिन जित निकालेको हो। जितसँगै हेल्प नेपालले ४ खेलबाट ८ अंक पुर्याएको छ। शीर्ष स्थानको जायक भलिबल क्बलको समान खेलबाट ९ अंक छ।
माल्दिभ्सका क्लब धिवेही सिफाइन्स क्लबाई ३–२ र एचडिसीलाई ३–१ ले हराउँदै हेल्प नेपालले सानदार सुरुआत गरेको थियो।
तर, तेस्रो खेलमा भने बिस्केक कीर्गिस्तानले ३–२ ले पराजित गरेको थियो। तर, नेपालले त्यसको दुई दिनपछि नै पुनरागमन गरेको हो।
निकै नै प्रतिस्पर्धात्मक भएको खेलको पहिलो सेट हेल्प नेपालले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो। तर, त्यसपछिका दुई सेट लगातार गुमायो।
जायक भलिबल क्लबले खेल १८–२५ र २३–२५ ले आफ्नो बनाउँदै २–१ को अग्रता लियो। तर, निर्णायक तथा पाँचौं सेटमा हेल्प नेपालले १५–११ को जित निकाल्यो।
अब हेल्प नेपालले पाँचौं तथा अन्तिम खेलमा श्रीलंकाको श्रीलंका पोर्ट्स अथोरिटीलाई चुनौती प्रस्तुत गर्ने छ।
लिग चरणमा शीर्ष दुईमा रहने टिम उपाधिका लागि भिड्नेछन्। तेस्रो र चौथो स्थानमा रहनेले तेस्रो स्थानका लागि खेल्नेछन्।