चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
सोमबार, ०५ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। अप्सन गुरुङको ह्याट्रिक सँगै साबिक विजेता चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा तेस्रो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्मसमा चर्च ब्वाइजले श्री भगवती क्लबलाई ४–२ लाई पराजित गरेको हो।
जितसँगै ६ खेलबाट १० अंक जोडेको चर्च ब्वाइज छैटौं स्थानमा उक्लिउको छ। श्री भगवती ६ अंकसहित ११औं स्थानमा छ।
चर्च ब्वाइजको जितमा अप्सनबाहेक सुशन थापामगरले एक गोल थपे। श्री भगवतीका अनिल परियार र सुयोग श्रेष्ठले गरेको गोल सान्त्वना रह्यो।








-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)
