प्लानिङको दोस्रो जित
आइतबार, साउन ५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध रोमाञ्चक जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु–१६ लिगमा दोस्रो जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कमप्लेक्समा प्लानिङ २–१ ले विजयी भएको हो। प्लानिङको जितमा रविन लुंगेलीमगर र आशिक स्याङ्तानले गोल गरे। आर्मीका नीरज अधिकारीले गोल फर्काए।
जितसँगै ६ खेलमा ६ अंक जोडेको प्लानिङ १०औं स्थानमा चढेको छ। पराजित आर्मी समान खेलबाट तीन अंकका साथ १३औं स्थानमा छ।






-1762997834781.jpeg&w=3840&q=75)


-1763024272658.jpeg&w=3840&q=75)



