मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
आइतबार, साउन ५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै संकटा क्लब एन्फा यु–१६ युथ लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा संकटा २–० ले विजयी भएको हो।
संकटाको जितमा नवराज तिरुवा र प्रज्जवलकुमार लुम्रेले गोल गरे। मनाङ ३३औं मिनेटमै १० खेलाडीमा समेटिएको थियो।
राहुल लोहारले सिधै रातो कार्ड पाए। जितसँगै संकटाले ६ खेलबाट १५ अंक पुर्याएको छ। शीर्ष स्थानको विभागीय टोली नेपाल पुलिस क्लबको समान खेलबाट १६ अंक छ।
मनाङ समान खेलबाट ११ अंक बटुल्दै पाँचौं स्थानमा छ।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)





