• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
क्यान्सरलाई जितेर पोस्टमा फर्किएकी बेर्गर
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
क्यान्सरलाई जितेर पोस्टमा फर्किएकी बेर्गर

काठमाडौं। जर्मनीकी गोलकिपर एन–क्याट्रिन बेर्गरले अविश्वसनीय प्रदर्शन गर्दै टोलीलाई युइएफए महिला युरोपियन च्याम्पियनसिप २०२५ को सेमिफाइनलमा पुर्‍याएकी छन्।

उनले फ्रान्सविरुद्धको क्वाटरफाइनलमा दुई पेनाल्टी बचाइन्। एउटा सफल पेनाल्टी प्रहार पनि गरिन् र ‘टुर्नामेन्टको सबैभन्दा ठूलो बचाउ’ समेत गरिन्।

जर्मनी एक खेलाडीले कम भइसकेको अवस्थामा र एक गोलले पछि परेको अवस्थाबाट फर्कँदै फ्रान्ससँगको खेल १–१ मा बराबरीमा ल्यायो। त्यसपछि पेनाल्टी सुटआउटमा ६–५ को रोमाञ्चक जित दर्ता गर्‍यो।

३४ वर्षीया गोथम एफसीकी किपरले १० मध्ये ९ शट बचाइन्। विशेषगरी अतिरिक्त समयमा कप्तान यानिना मिङ्गेले गल्ती गर्दै फर्किएर हेडर गरेको बललाई बेर्गरले एक हातले गोललाइनबाट चमत्कारी रूपमा बचाइन्, जुन प्रतियोगिताकै उत्कृष्ट बचाउ मानिएको छ।

पेनाल्टी सुटआउटमा पनि बेर्गर चम्किइन्। उनले पहिलो पेनाल्टी (एमेल माज्रीको) रोकिन् र अन्तिममा एलिस सोमबाथको पेनाल्टी बायाँतर्फ डाइभ गर्दै बचाइन्। त्यसले जर्मनीको ६–५ को जित सुनिश्चित गर्‍यो र जुरिचमा स्पेनसँग सेमिफाइनल खेल्ने स्थान दिलायो।

बेर्गरलाई खेलको ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। तर, उनले भने आफ्नो प्रदर्शनको श्रेय टोलीलाई दिइन्। उनले भनिन्, ‘म खुसी थिइनँ कि खेल पेनाल्टीमा गयो… तर मैले मेरो भूमिका निभाएँ। १२० मिनेटसम्म टोलीले अद्भुत मेहनत गर्‍यो, श्रेय मलाई होइन टोलीलाई जानुपर्छ।’

बेर्गर युरो २०२२ को जर्मनी टोलीकी सदस्य थिइन्, जुन इङ्ल्यान्डसँग फाइनलमा पराजित भएको थियो। त्यतिबेला उनी बेञ्चमा थिइन्।

पछि उनले त्यो प्रतियोगिताको दौरान दोस्रो पटक थाइराइड क्यान्सर भएको खुलासा गरेकी थिइन्। अहिले उनी क्यान्सरलाई फेरि जितेर फर्किएकी हुन्। घाँटीमा ‘अल विइ ह्याब इज नाउ’ लेखिएको ट्याटु छ, जसले घाउ छोपेको छ।

उनले भनिन्,‘२०२२ गइसक्यो। त्यसैले अब म भविष्यतर्फ हेर्छु। अहिले म जीवनको सबैभन्दा राम्रो समय बिताइरहेकी छु। म सेमिफाइनलमा पुगेकी छु। त्यसैले गर्व महसुस गरिरहेकी छु।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
छैटौं स्थानमा उक्लियो एपिएफ
छैटौं स्थानमा उक्लियो एपिएफ
साफ यु–१७ च्याम्पियनसिप : नेपाल र साबिक उपविजेता बंगलादेश एकै समूहमा
साफ यु–१७ च्याम्पियनसिप : नेपाल र साबिक उपविजेता बंगलादेश एकै समूहमा
जर्मनीको भेट स्पेनसँग
जर्मनीको भेट स्पेनसँग
मेसीको अर्को कीर्तिमान
मेसीको अर्को कीर्तिमान
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
छैटौं स्थानमा उक्लियो एपिएफ
छैटौं स्थानमा उक्लियो एपिएफ
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
साफ यु–१७ च्याम्पियनसिप : नेपाल र साबिक उपविजेता बंगलादेश एकै समूहमा
साफ यु–१७ च्याम्पियनसिप : नेपाल र साबिक उपविजेता बंगलादेश एकै समूहमा
क्यान्सरलाई जितेर पोस्टमा फर्किएकी बेर्गर
क्यान्सरलाई जितेर पोस्टमा फर्किएकी बेर्गर
जर्मनीको भेट स्पेनसँग
जर्मनीको भेट स्पेनसँग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP