मेसीको अर्को कीर्तिमान

काठमाडौं। लिओनल मेसीको दुई गोल र दुई असिस्ट गरे इन्टर मियामीले आइतबार बिहान न्युयोर्क रेड बुल्सलाई ५–१ ले हराएको छ।
यो मेसीको पछिल्ला सात खेलमध्ये छैटौं पटक डबल गोल प्रदर्शन हो। मेसी मेजर लिग सकर (एमएलएस) को इतिहासमा दुई वर्षको अवधिमा कम्तीमा ३५ गोल र २५ असिस्ट गर्ने पाँचौं खेलाडी बनेका छन्।
यसअघि यो कीर्तिमान रोबी कीन (२०१३–१४), सेबास्टियन जियोभिन्को (२०१५–१६), कार्लोस भेला (२०१८–१९) र कुचो हेर्नान्डेज (२०२३–२४) ले बनाएका थिए।
पहिलो हाफको मध्यतिर मियामीले तीन मिनेटभित्र दुई गोल गर्दै अग्रता लिएको थियो। २४औं मिनेटमा मेसीको सुन्दर पासमा जोर्डी आल्बाले गोल गर्दै खेल १–१ मा ल्याए। त्यसपछि मेसीले डिफेन्स माथिबाट दिएको पासमा टेलास्को सेगोभियाले पहिलो गोल गरे।
६०औं मिनेटमा मेसीले ब्रेकअवे गोल गरे भने ७५औं मिनेटमा लुइस सुआरेजको पासलाई चेस्टिङ गर्दै रोकेर बायाँ खुट्टाबाट प्रहार गर्दै आफ्नो १८औं सिजन गोल गरे।
इन्टर मियामीले रेड बुल्सविरुद्ध पछिल्ला तीन खेलमा एकतर्फी प्रदर्शन गरेको छ। सन् २०२४ मे ३ मा ६–२ र सन् २०२५ मे ३ मा ४–१ को जितपछि यो तेस्रो ठूलो नतिजा हो।
न्युयोर्क रेड बुल्सले यस सिजनमा घरेलु मैदानमा दोस्रोपटक हार बेहोरेको हो। घरेलु मैदानमा उनीहरूको प्रदर्शन ८ जित, २ बराबरी र २ हारमा सीमित भएको छ। पहिलो ११ घरेलु खेलमा २६ अंकसहित क्लब इतिहासमा दोस्रो उत्कृष्ट सुरुआत गरेका थिए।
तर, यो खेलमा रेड बुल्सले सिजनकै सबैभन्दा बढी गोल खानुपर्यो।








-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)
