नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
शनिबार, साउन ४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। श्रीलंकामाथि एकतर्फी जित निकाल्दै साबिक विजेता बंगलादेश साफ यु–२० च्याम्पियनसिपको अंक तालिकाको शीर्ष स्थनामा फर्किएको छ।
शनिबार सम्पन्न आफ्नो पाँचौं खेलमा बंगलादेश ५–० ले विजयी भएको हो। योसँगै अपराजित रहेको बंगलादेशले १५ अंक पुर्याएको छ। समान खेल खेलेको नेपाल १२ अंकसहित दोस्रो स्थानमा छ।
अब नेपालले सोमबार हुने अन्तिम खेलमा बंगलादेशलाई हराए मात्रै उपाधि जित्ने छ।













