एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शनिबार, साउन ४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। चित्लाङ एफसीसँगै १० क्लब एन्फा प्रेसिडेन्ट लिग २०२५ मा छनोट भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार उक्त जानकारी दिएको हो। चित्लाङबाहेक टाइगर टिम दोलखा, नव जागृति क्लब बारा, देउराली युथ क्लब धनकुटा, गाईघाट फुटबल क्लब उदयपुर र लालिगुराँस एसोसिएसन क्लब कास्की पनि छनोट भएका छन्।
यस्तै, बर्दियाको जन जागृति युथ क्लब, काक्रेबिहार युथ क्लब सुर्खेत, विजय स्पोर्ट्स क्लब कैलाली र हिरन्श क्लब तनहुँ पनि छनोट भएका छन्। तर, एन्फाले खेल तालिका र खेल हुने स्थान अझै तय गरेको छैन।













