काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध हुने खेलमा सुरुआती ११ मा ३ परिवर्तन गरेका छन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा खेल नेपाली समय अनुसार साँझ २:४५ बजे हुने छ।
गुरुङले डिफेन्सिभ मिडफिल्डर कविता गुरुङको स्थानमा समीक्षा मगरलाई सुरुआती ११ मा स्थान दिएका छन्। यस्तो गोलकिपर सुजता तामाङ आफ्नो जिम्मेवारीमा फर्किएकी छन्। माया मास्के पनि टोलीमा फर्किएकी छन्।
नेपालको आक्रमक लाइन मीना देउवा र पूर्णिमा राईले नै सम्हाल्ने छन्।
यस्तै, विंगरमा सुक्रिया मिया र सेनु परियार हुनेछिन्। सुजता केसी र समीक्षा मगरले मिडिफिल्डको जिम्मेवारी पाएकी छन्।
डिफेन्समा चार खेलाडी छन्। गंगा रोकाया, सरिता नाथ, माया मास्के र सेमिहाङमा लिम्बूले गोलकिपर सुजतालाई सहयोग गर्नेछिन्।