मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
शुक्रबार, साउन ३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा लिग लिडर मच्छिन्द्र फुटबल क्लबले दोस्रो स्थानको नेपाल पुलिस क्लबसँगको अंक दूरी ३ मा पुर्याउने अवसर गुमाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले चर्च ब्वाइज युनाइटेडसँग १–१को बराबरी खेलेको हो।
यो नतिजासँगै मच्छिन्द्रले ६ खेलबाट १४ अंक पुर्याएको छ। समान खेलबाट चर्च ब्जाइज ७ अंकसहित सातौं स्थानमा उक्लिएको छ।








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)