काठमाडौं। नेपालले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको जारी खेलको पहिलो हाफमै सानदार अग्रता लिएको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा जारी प्रतियोगिता नेपालले ४–० को अग्रता लिएको हो। नेपालका सेनु परियार, कुसुम खतिवडा, सरिता नाथले गोल गरे।