काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपमा कप्तान विर्सना चौधरीलाई लगातार दोस्रो खेलमा बेञ्चमा राखेका छन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा नेपालले २:४५ बजे श्रीलंकासँग दोस्रो खेल खेल्दैछ ।
विर्सनाले भुटानविरुद्धको ६–१ को जित र बंगलादेशसँगको ३–२ को हारमा नेपाली टोलीको कप्तानी गरेकी थिइन्। तर, श्रीलंकासँगको पहिलो खेलमा भने गुरुङले कप्तानी आर्मब्यान्ड गोलकिपर लिला जैशीलाई थमाए। लिलाले सोही खेलबाट सुजता तामाङको स्थान सम्हालेकी हुन्।
सुजताले दुई खेलमै ४ गोल खाएकी थिइन्। यी दुई खेलाडीलाई गुरुङले श्रीलंकाविरद्धको खेलमा वैकल्पिक रूपमा पनि मैदान उतारेनन्।