काठमाडौं। सान्तोसले बिहीबार (ब्रासिलिएराओ २०२५ को १४औं चरण) मा लिग लिडर फ्लामेङ्गोलाई १–० ले हराउँदै अविश्वासनीय जित निकालेको छ।
भिला बेल्मिरोमा सम्पन्न खेलको ८४औं मिनेटमा नेयमारले उत्कृष्ट फिनिशिङ गर्दै विजयी गोल गरेका हुन्।
खेल निकै प्रतिस्पर्धात्मक रह्यो। फ्लामेङ्गोले बल पोजेसनमा नियन्त्रण जमाए पनि सान्तोसको संगठित डिफेन्स तोड्न सकेन। सान्तोसले काउन्टर अट्याकको रणनीति अपनायो र अन्ततः त्यही रणनीति सफल भयो।
यो जितसँगै सान्तोस लिगमा लगातार दोस्रो जित दर्ता गर्दै तालिकामा १४ अंकसहित १३औं स्थानमा उक्लिएको छ। अब सान्तोसले जुलाई २० मा मिरासोलसँग खेल्नेछ।