भुटान एएफसी महिला एसियन कप छनोटबाट बाहिरियो
बिहिबार, साउन २, २०८२खेलपाटी संवाददाता

काठमाडौं। समूह चरणका दुई खेलमा आफूभन्दा वरीयतामा निकै माथि रहेका सिंगापुर र लेबनानलाई हराउँदै सनसनी मच्चाएको भुटान एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाबाट बाहिरिएको छ।
बिहीबार समूह ए को आफ्नो अन्तिम खेलमा जोर्डनसँग भुटान ३–० ले पराजित भएको हो। यो हारसँगै भुटानले तेस्रो स्थानमा रहेर छनोट सकाएको छ। भुटानले ४ खेलबाट ६ अंक जोड्यो।
पहिलो खेलमा भुटानले सिंगापुरलाई ३–२ ले पराजित गरेको थियो। अर्को खेलमा लेबनानलाई २–१ ले पाखा लगायो।
तर, लय समातिसकेको भुटान तेस्रो खेलमा इरानसँग ७–१ ले पराजित हुन पुग्यो।








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)