काठमाडौं। स्वप्निल दर्नाल र सुशन थापामगरको ह्याट्रिकसँगै एन्फा यु–१६ युथ लिगमा साबिक विजेता चर्च ब्वाइज युनाइटेडले सानदार जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई ९–२ ले पराजित गरेको छ।
जितसँगै चर्च ब्वाइज पाँच खेलमा ६ अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ। सातदोबाटो अंकविहीन छ।
चर्च ब्वाइजको जितमा स्वप्निल दर्नाल र सुशन थापामगरले ह्याट्रिक गरे। त्यस्तै सुजन तामाङले दुई गोल गर्दा एक गोल पारस ऐडीको नाममा रह्यो।
सातदोबाटोका विमलेन्द्रकुमार कुशवाह र युवराज भट्टराईले गोल गरे।