अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा

काठमाडौं। स्पेनको शीर्ष डिभिजन क्लब एट्लेटिको मड्रिडले अर्जेन्टिनी अन्तर्राष्ट्रिय खेलाडी थियागो आल्मादालाई अनुबन्ध गर्ने भएको छ। उनलाई ब्राजिलियन क्लब बोटाफोगोबाट अनुबन्ध गर्ने सम्झौता भएको हो।
२४ वर्षीय आक्रमणकारी मिडफिल्डर हाल फ्रेन्च क्लब लियोनमा ऋणमा खेलिरहेका थिए। मेडिकल परीक्षणपछि उनले एट्लेटिकोसँग औपचारिक रुपमा सम्झौता गर्नेछन्।
हालको सम्झौताको रकम वा अवधि सार्वजनिक गरिएको छैन। तर, स्पेनिसि मिडियाहरूका अनुसार ट्रान्सफरको मूल्य करिब २५ मिलियन युरो (झण्डै २९ मिलियन अमेरिकी डलर) रहेको छ। साथै भविष्यमा आल्मादा अर्को क्लबमा सर्ने हो भने त्यसबाट बोटाफोगोलाई पनि केही प्रतिशत रकम प्राप्त हुनेछ।
उनको आगमन आर्जेन्टिनी फरवार्ड आन्जेल कोरेआले एट्लेटिको छाडेर मेक्सिकन क्लब टिग्रेसमा सम्झौता गरेपछि हुन लागेको हो। आल्मादा अब जुलियन आल्भारेज, एन्टोनियो ग्रिजम्यान र अलेक्जेन्डर सोरलोथजस्ता आक्रमण लाइनमा मैदानमा देखिनेछन्।
यसअघि एट्लेटिकोले भिल्लारियलबाट मिडफिल्डर एलेक्स बाएना र एटलान्टाबाट २२ वर्षीय इटालियन लेफ्ट ब्याक मातेओ रुज्जेरीलाई पनि अनुबन्ध गरिसकेको छ।
डिएगो सिमिओनेको टोलीले गएको सिजन ला लिगामा तेस्रो स्थान हासिल गरेको थियो। क्लब विश्वकपमा भने टोली समूह चरणमै बाहिरिएको थियो।








-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)
