काठमाडौं। उपाधिको मुख्य दाबेदार बंगालदेशले साफ महिला यु–२० च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न तेस्रो खेलमा बंगलादेशले भुटानलाई ४–१ ले पराजित गरेको हो। योसँगै शीर्ष स्थानमा रहेको बंगलादेशले ३ खेलबाट ९ अंक पुर्याएको छ।
बंगलादेशले पहिलो खेलमा श्रीलंकामाथि ९–१ को जित हासिल गरेको थियो। दोस्रो खेलमा भने नेपाललाई ३–२ ले पाखा लगायो। भुटानको भने समान खेलबाट ३ अंक छ।