काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध हुने खेलमा कप्तान नै परिवर्तन गरेका छन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे हुने तालिका थियो । तर, वर्षाका कारण मैदान हिलाम्मे भएपछि खेल पर धकेलिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार अब खेल राति ८:१५ बजे हुनेछ।
मुख्य मैदान हिलाम्मे भएपछि अब खेल रंगशालाको अभ्यास मैदानमा सारिने भएको छ। गुरुङले कप्तान तथा मिडफिल्डर विर्सना चौधरीलाई आराम दिएका छन्। विर्सनाको स्थानमा समीक्षा मगरले सुरुआती ११ मा खेल्ने छन्।
यस्तै, कप्तानी जिम्मेवारी भने लिला जैशीले सम्हाल्ने छन्। उनले नियमित गोलकिपर सुजता तामाङको स्थानमा सुरुआती ११ मा मौका पाएकी हुन्।
अट्याकिङ मिडफिल्डर सेनु परियार पनि बेन्चामा रहने छिन्। उनको स्थानमा वर्षा ओलीलाई पहिलो रोजाईमा मैदान उत्रिने छन्।