नेपाल र श्रीलंकाको खेल समय र मैदान सर्यो
मंगलबार, असार ३१, २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारी वर्षाका कारण नेपाल र श्रीलंकाबीचको साफ महिला यु-२० च्याम्पियनसिपको खेल डेढ घन्टा पर सरेको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे हुने तालिका थियो। तर, वर्षाका कारण मैदान हिलाम्मे भएपछि खेल पर धकेलिएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल राति ८:१५ बजे हुनेछ।
मुख्य मैदान हिलाम्मे भएपछि अब खेल रंगशालाको अभ्यास मैदानमा सारिने भएको छ।













-1763024272658.jpeg&w=3840&q=75)