मंगलबार, १० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

छनोट पारदर्शी रहेको टेनिस संघको स्पष्टीकरण

मंगलबार, ३१ असार २०८२खेलपाटी संवाददाता
छनोट पारदर्शी रहेको टेनिस संघको स्पष्टीकरण
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल टेनिस संघले डेभिस कपको छनोट प्रकृया निष्पक्ष र पारदर्शी रहेको स्पष्टीकरण दिएको छ ।

खेलाडी अभिषेक बास्तोलाको विषयमा उठेका प्रश्नको जवाफ दिदै संघले निष्पक्षता, पारदर्शीता र प्रर्दशनका आधारमा डेभिस कपमा नेपाली टिम छनोट गरिएको दाबी गरेको हो । 

सन् २०२४ को आईटीएफको शीर्ष २ हजारभित्र रहेकाले बास्तोला र नेपाल नम्बर एक प्रदीप खड्कालाई टिममा समावेश गरिएको उल्लेख गर्दै संघले सन् २०२५ मा अभिषेकले पर्याप्त आईटीएफमा प्रतिस्पर्धा नगरेकाले उनको वरियता घटेको र प्रत्यक्ष समावेशको मापदण्डमा नपरेको प्रष्टिकरण दिएको छ ।  

त्यसपछि अभिषेकलाई वाइल्ड कार्डबाट छनोट खेलमा सहभागी हुने अवसर दिएपनि उनले गुआममा आयोजना आईटीएफको प्रो प्रतियोगितामा सहभागी हुने निर्णय गरेको संघको दाबी छ । 

‘संघले २०२५ अप्रिल २६ मा छनोट खेलको मिति सार्वजनीक गरिसकेको थियो र आईटीएफले तोकेको अन्तिम मनोनयन समयसीमा भएका कारण मिति परिवर्तन सम्भव थिएन ।’ टेनिस संघले बिज्ञप्तिमार्फत भनेको छ, ‘एक जना खेलाडीको व्यक्तिगत तालिकाका कारण अन्य सबै खेलाडीलाई असर पार्ने गरी मिति परिवर्तन गर्नु न्यायोचित हुने थिएन ।’ 

‘अभिषेक बास्तोलाले यो निर्णयबाट असन्तुष्ट हुनु स्वभाविक भएपनि नेपाल टेनिस संघले स्थापित नियमअनुसार पारदर्शी ढंगले निर्णय गरेको थियो । जुन हामी दृढतापूर्वक दोहोर्याउँछौं ।’ संघले भनेको छ । 

अभिषेकले संघविरुद्ध सामाजिक सञ्जालमा गतल आरोप लगाउने बाटो रोजेको उल्लेख गर्दै संघले आफुहरु सधै निष्पक्ष, पारदर्शी र योग्यता आधारित चयन प्रक्रिया अपनाउने प्रतिबद्धता सहित अगाडि बढ्ने बताएको छ । 

वर्तमान नेपाली टेनिसका सर्वोत्कृष्ट खेलाडी मानिएका अभिषेक बास्तोलाले डेभिस कपमा योग्यतामा आधारित नभएर पक्षपात रुपमा खेलाडी छनोट गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । सोही विषयमा संघले प्रेस विज्ञप्तिमार्फत घटनाको प्रष्टिकरण दिएको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

फ्रान्सको टोली सम्हाल्दै जिदान

फ्रान्सको टोली सम्हाल्दै जिदान

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत