संकटाको सानदार जित
मंगलबार, ३१ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा संकटाले विभागीय टोली एपीएफ फुटबल क्लबलाई ६–१ ले पराजित गरेको हो। यी सबै गोल दोस्रो हाफमा भएका हुन्।
संकटाका प्रज्वल कुमार लुम्लेले २ गोल गरे। यसबाहेक सुमीत बलाम्पाकी, पेम्बा तामाङ, आयुष बराम र नवराज तिरुवाको नाममा १ गोल रह्यो। एपिएफका प्रशिश खनालको नाममा १ गोल रह्यो।
जितसँगै संकटा ४ खेलबाट ९ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो हार बेहोरेको एपीएफ १२औं स्थानमा झरेको छ।








-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)