बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

प्याट्रिक चुप, छटपटीमा एन्फा

मंगलबार, असार ३१, २०८२खेलपाटी संवाददाता
प्याट्रिक चुप,  छटपटीमा एन्फा
Classic Tech Internet Ad

काठमाडौं। पेनाल्टी सुटाआउटले बनाएको नेपाली महिला राष्ट्रिय टोलीको घाउलाई अहिले व्यवस्थापकीय प्रश्नले झन बल्झाएको छ। 

उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा भएको त्यो घटनाक्रमले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई औपचारिक स्पष्टीकरणको माग गर्न बाध्य पारेको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डलाई पत्र पठाउँदै अब घटनाको समीक्षा मात्रै होइन, उत्तरदायित्वको दस्तावेज बनाउने तयारी पनि गरिएको छ। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार सचिवालयमार्फत पठाइएको सो पत्रमा उज्बेकिस्तानमा प्रतियोगिता अवधिभर के भयो भन्ने विस्तृत विवरण माग गरिएको छ।

तर, वाइल्डको जवाफ भने अझै आइसकेको छैन। उनले भने,‘के भएको हो? वास्तविकता के हो? त्यस विषयमा जानकारी माग गर्दै पत्र पठाइएको हो। तर, जवाफ फर्काउनु भएको छैन।’

यो सबै विवादको मूलमा छ कप्तान छनोट। त्यसपछिको वाइल्डले दिएको अन्तर्वार्ता। उक्त अन्तर्वार्ताले मैदानबाहिर हलचल मच्चाएको थियो। नियमित गोलकिपर तथा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई लाओससँगको खेलसँगै बेञ्चमा राखिएको थियो। 

लगत्तै एन्फाले रेनुका नगरकोटेलाई कप्तानी जिम्मेवारी दिएको थियो। तर, पछि कप्तानी आर्म ब्यान्ड भने स्ट्राइकर सावित्रा भण्डारीले लगाएकी थिइन्। लाओससँग ९–० र श्रीलंकासँग ८–० को फराकिलो जितपछि नेपालले निर्णायक खेलमा घरेलु टोलीविरुद्ध ३–३ को बराबरी खेलेको थियो।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा नेपालले उज्बेकिस्तानसँग ४–२ हार बेहोर्‍यो। तर, त्यो हारले भन्दा पनि प्रशिक्षक र व्यवस्थापनबीचको समझदारीले नेपाली फुटबलभित्रको अस्थिरता उजागर गर्‍यो। प्रतिस्पर्धात्मक प्रदर्शनभन्दा बढी विवादका कुरा बाहिर आए।

यात्राको भित्री कथा भने उज्बेकिस्तानबाट टिम म्यानेजर, सहायक प्रशिक्षक र हेड अफ डेलिगेट्स स्वदेश फर्किएपछि सार्वजनिक भएको थियो। वाइल्ड भने त्यसअघि नै बेल्जियम फर्किसकेका थिए।

पत्रकार सम्मेलनमा टिम म्यानेजर बृन्दा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङ र हेड अफ डेलिगेट्स सरिला श्रेष्ठले वाइल्डमाथि औंला तेर्साए। यी तीन जनाले प्रशिक्षकलाई नै मुख्य दोषी ठहर गरेपछि एन्फामा छटपटी मच्चिएको हो।

यही कारण वाइल्डको अनुबन्ध अब समयको हिसाबमा बाँकी छैन। बरु जिम्मेवारीको परीक्षणको बिन्दुमा भने रहने भएको छ। शाहका अनुसार वाइल्डसँग एक वर्षको सम्झौता छ। तर, उनले पठाउने विवरणले नै आगामी कार्यकालको निर्धारण गर्छ।

यो अवस्था आइपुग्नुमा महिला फुटबलको व्यवस्थापनमा पारदर्शिता, संवाद र आन्तरिक संयोजनको अभाव छर्लंग देखिन्छ। यसले पेनाल्टीको तीव्र क्षणमा चुकेको टोलीलाई नेतृत्वको अस्पष्टताले भविष्य नै अन्योलमा पार्नेछ। यस्तोमा एन्फा वाइल्डको स्पष्टीकरण पर्खिरहेको छ। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट