काठमाडौं। फ्रेन्ड्स क्लबले एन्फा यु-१६ युथ लिगमा तेस्रो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० ले पराजित गरेको हो।
फ्रेन्ड्सको जितमा पूर्ण श्रेष्ठ र मन्दीप डंगोलले गोल गरे। आर्मीका बादल पोखरेलले उपहार गोल दिए।
फ्रेन्ड्सले ४ खेलबाट ९ अंक पुर्याएको छ। समान खेल खेलेको आर्मीको ३ अंक छ।