काठमाडौं। धर्वेन्द्र बोहराको निर्णायक गोलसँगै मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटमाथि ४–३ को सनादार जित निकालेको छ।
सातदोबाटोस्थि एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा मनाङ ४–३ ले विजयी भएको हो।
मनाङको जितमा राम अर्जेलले २ तथा रोहन थापामगर र धर्वेन्द्रले समान एक गोल गरे चर्च ब्वाइजका सुशन थापामगरले २ र सुजित लामाले १ गोल थपे।
जितसँगै ४ खेलमा १० अंक पुर्याएको मनाङ दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट चर्च ब्वाइजले ३ अंक जोडेको छ।