• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
खेलपाटी संवाददाता
७ घण्टा अगाडि खेलपाटी संवाददाता
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप

काठमाडौं। कोल पाल्मरको दोहोरो गोलसँगै चेल्सीले क्लब विश्वकपको पहिलो बिस्तारित संस्करणको फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई ३–० ले हराउँदै उपाधि जित्यो।

अमेरिकाको मेटलाइफ स्टेडियममा सोमबार बिहान भएको खेलको पहिलो हाफमै चेल्सीले खेलको दिशा तय गरिसकेको थियो। पाल्मरले २२औं र ३०औं मिनेटमा बाँया खुट्टाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

त्यसपछि ४३औं मिनेटमा उनले एक उत्कृष्ट थ्रू पास दिए, जसमा जोआओ पेड्रोले गोलकिपर जानलुइजी डोनारुम्मालाई चिप गर्दै तेस्रो गोल पूरा गरे।

पाल्मर भन्छन्, ‘यो अपूर्व अनुभूति हो। सबैले हामीलाई कमजोर मानेका थिए। तर, प्रशिक्षकले उत्कृष्ट योजना बनाए। उनलाई थाहा थियो स्पेस कहाँ छ।’

पाल्मरले यस सिजन कुल १८ गोल गरेका छन्। म्यानचेस्टर सिटीबाट दुई वर्षअघि चेल्सी आएका २३ वर्षीय पाल्मर हाल क्लबका मुख्य खेलाडीमध्ये एक बनेका छन्।

८४औं मिनेटमा पीएसजीका जोआओ नेभेसले चेल्सीका मार्क कुकुरेलाको कपाल तानेपछि रातो कार्ड पाएका थिए। खेलको अन्त्यतिर वातावरण तातिएको थियो।

पीएसजीका मुख्य प्रशिक्षक लुइस एनरिके र गोलकिपर डोनारुम्माले जोआओ पेड्रोलाई मध्य भागनजिकै धकेल्दा दुवै टिमका खेलाडीबीच धकेलाधकेलसमेत भएको थियो।

लिग १, फ्रेन्च कप र पहिलोपटक च्याम्पियन्स लिग जितेर ‘क्वाड्रपल’ टार्गेटमा रहेको पीएसजीका लागि यो हार तीतो बन्यो। यसअघि क्लबले अक्टोबर २०२३ मा न्यूक्यासलसँग ४–१ को हार बेहोरेको थियो। त्यसयता तीन गोलको अन्तरले पीएसजी कहिल्यै पराजित भएको थिएन।

पीएसजीका प्रशिक्षक एनरिके भन्छन्,‘उनीहरूमा गजबको ऊर्जा थियो। मलाई लाग्छ, आज उनीहरू हामीभन्दा उत्कृष्ट रहेनौं।’

प्रीमियर लिगको चौथो स्थानमा रहँदै तेस्रो दर्जाको युएफा कन्फरेन्स लिग जितेको चेल्सीको यो दोस्रो क्लब विश्वकप उपाधि हो। यसअघि सन् २०२१ मा ७ टिम सहभागी संस्करणमा चेल्सी विजेता बनेको थियो।

यसपटक ३२ टिम सहभागी प्रतियोगितामा चेल्सीले करिब १२८ मिलियन डलरदेखि १५३ मिलियन डलरसम्म पुरस्कार राशि प्राप्त गर्नेछ।

फाइनल हेर्न ८१ हजार १८८ दर्शकको उपस्थिति रहेको थियो, जसमा अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि थिए। खेलपछि ट्रम्प मैदानमा पुग्दा केही दर्शकले हुटिङ गरे।

उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर कप्तान रिस जेम्सलाई ट्रफी हस्तान्तरण गरे र चेल्सीका खेलाडीहरूसँग फोटो खिचाए।

अब चेल्सी २०२५–२६ सिजनको इङ्लिस प्रिमियर लिगको तयारीमा जुट्नेछ। चेल्सीले साबिक विजेता लिभरपुलसँगै म्यानचेस्टर सिटी र आर्सनलसँग प्रिमियर लिग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
च्याम्पियन चेल्सी
च्याम्पियन चेल्सी
अबको विकल्प भुटान हो?
अबको विकल्प भुटान हो?
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
च्याम्पियन चेल्सी
च्याम्पियन चेल्सी
अबको विकल्प भुटान हो?
अबको विकल्प भुटान हो?
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP