सोमबार, ०२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अबको विकल्प भुटान हो?

सोमबार, ३० असार २०८२खेलपाटी संवाददाता
अबको विकल्प भुटान हो?
Loading ad...
mustang rice ad

काठमाडौं। बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तयारीमा जुटेको नेपाल अहिले भुटानसँग ‘जसरी भए पनि’ खेल्ने उपाय खोजिरहेको छ।

यस्तो अवस्थामा प्रश्न उब्जन्छ– भुटान साँच्चिकै विकल्प हो? कि नेपाली फुटबलको यथार्थको ऐना? अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ असारमा सार्वजनिक रूपमा सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुने घोषणा गरेको थियो।

यो एएफसी एसियन कप छनोटको तयारीका लागि हो। तर, अब त्यो घोषणा अनिश्चित भइसकेको छ। बंगलादेशले दक्षिण एसियाभन्दा बाहिरको टोलीसँग खेल्ने निर्णय गरेपछि नेपाली तयारी भताभुङ्ग भएको हो।

हम्जा चौधरीजस्ता इङ्लिस प्रिमियर लिग खेल्ने खेलाडी भित्र्याएको, एसियन कपमा महिला टोली छनोट भएको र अन्तर्राष्ट्रिय रूपमा ‘हाइप’ बनाइरहेको बंगलादेशका लागि नेपालसँग खेल्नु अब तामझाम कम र जोखिम बढी हुने देखिन्छ।

‘प्लान बी’ कि ‘ब्याक अप अफ ब्याक अप’?
यस्तो अवस्थाको सामना गर्न एन्फाले अहिले भुटान विकल्पका रूपमा हेरिरहेको छ। तर यो ‘प्लान बी’ होइन। यो त ‘ब्याक अप अफ ब्याक अप’ हो। अर्थात् योजना नभएको अवस्थाको हतारो।

एन्फाका एक पदाधिकारीले खेलपाटीसँग भने,‘अब त हाम्रो विकल्प भुटान मात्र हो। अरु राम्रा देश त छैनन्। खर्चअनुसार त भुटानसँग जित्दा पनि अचम्म हुँदैन होला। आखिरमा टिकेटिङदेखि सबै खर्च हामीले गर्दिन पर्छ !’ 

यो भनाइले कुरा स्पष्ट गर्छ– न त एन्फामा दीर्घकालीन रणनीति छ, न त प्रतिस्पर्धाको भावना।

परेको अवस्थामा विकल्प खोज्नु स्वाभाविक हो। तर, प्रश्न उठ्छ– एन्फाले किन बंगलादेशसँग सहमति नै नगरी एकहोरो मिति घोषणा गरेको? किन दशरथ रंगशालाको अवस्था नसुधारेको? जसका कारण मार्चमा घरेलु मैदानमा हुनपर्ने खेल मलेसियामा सारियो?

२०२४ मा एएफसीले दशरथ रंगशालालाई सुरक्षा र पूर्वाधारमा कमजोरी रहेको ठहर गरेको थियो। त्यसयता नेपालमा अन्तर्राष्ट्रिय खेल हुन सकेको छैन। तर, यतिका समय भइसक्दा पनि मैदान सुधार्ने पहल खासै देखिएको छैन।

अझ विडम्बनाको कुरा भुटानसँगको खेलबारे ‍औपचारिक पनि संवाद हुन नसकेर तेस्रोपक्षको माध्यमबाट कुराकानी गरिरहनु परेको छ। ती पदाधिकारी भन्छन्, ‘साथी साथीको मार्फतबाट हामीले कुरा गरिरहेका छौं। नेपालले बोलाए पक्का आउँछौं भनेर भुटानले भनेको छ।’

नेपाल अहिले एएफसी एसियन कप छनोटको समूह ‘एफ’ मा पुछारमा छ। दुई खेलमा हार बेहोरेको टिमले अक्टोबर ९ मा भियतनामको घरेलु मैदानमा खेल्नुपर्ने छ।

यस्तो अवस्थामा प्रतिस्पर्धात्मक तयारी अत्यन्त आवश्यक थियो। तर, एन्फाले पछिल्लो समय ‘फायरफाइटिङ’ शैली अपनाउँदै आएको छ।

बंगलादेशसँग संवाद नै नगरी वचनकै भरमा मिति घोषणा गर्नु, श्रीलंकासँगको प्रस्ताव अस्वीकार गर्नु, रंगशालाको असुरक्षित तथा अवस्थित बनाउनु र अब भुटानसँग ‘जसरी भए पनि खेलाउने’ रणनीति बनाउनतर्फ लाग्नुले देखाउँछन्– नेपाली फुटबल सही गन्तव्यतिर होइन, अझै पनि बाटो खोज्न रुम्लिरहेको छ।

भुटान नेपालको फुटबल स्तरभन्दा कमजोर हुन सक्छ। तर, यो खेल भए प्रतियोगिताको होइन, राजनीतिक र रणनीतिक गलत योजनाको नतिजा छर्लंङ देखिने छ। कोही खेल्न नमानेको अवस्थामा भुटानसँग खेलेर आत्मविश्वास बढाउने मनसाय ठीकै हो। तर, भुटान नै विकल्पमा हुनुनै लाजमर्दो हो।

यदि दशरथ रंगशालामा भुटानसँग खेल्ने हो भने त्यो खेलले नेपाली टिमलाई अभ्यास त हुन सक्छ। तर, प्रतिस्पर्धात्मक फुटबल युगमा नेपाललाई कहाँ उभ्याउँछ ? त्यो सोच्ने पर्ने हुन्छ। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन