• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
खेलपाटी संवाददाता
७ घण्टा अगाडि खेलपाटी संवाददाता
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर

काठमाडौं। स्विडेनले महिला युरोपियन च्याम्पियनसिप (युरो) अन्तर्गत आइबार बिहान जर्मनीलाई ४–१ ले पराजित गर्दै उपाधिको बाटो सहज बनाएको छ।

यो जितले स्विडेन समूह ‘सी’ को विजेता बनेको छ। योसँगै सेमिफाइनलमा विश्वकप विजेता तथा युरो २०२५ को प्रबल दावेदार स्पेनसँगको भेट जोखिम टारेको छ।

सन् १९८४ यता पहिलोपटक स्विडेनले युरोमा जर्मनीलाई हराएको हो। स्विडेनले १९८४ मा पहिलो महिला युरो जितेको थियो। तर, त्यसयता तीनपटक उपविजेतामै सीमित रहँदै आएको छ।

प्रशिक्षक पिटर गेर्हार्ड्सनको ८ वर्षे कार्यकालमा स्विडेन दुईपटक विश्वकप सेमिफाइनल पुग्यो। टोकियो ओलम्पिकमा रजत पदक जित्यो र युरो २०२२ को सेमिफाइनलसम्म आइपुगेको थियो।

‘हामी सधैंजसो प्रतियोगितामा राम्रो खेल्ने गर्छौं, तर अन्तिमसम्म पुग्न सक्दैनौं,’ मिडफिल्डर योहाना रिटिङ कानेरिडले भनिन्, ‘तर, यसपटक केही फरक महसुस भइरहेको छ, टिमको आत्मविश्वास अर्कै छ।’

जर्मनीविरुद्ध स्विडेनको जितमा स्टिना ब्लाकस्टेनियस, १८ वर्षीया स्मिल्ला होल्मवर्ग, फ्रिडोलिना रोल्फो (पेनाल्टी) र सब्स्टिट्यूट लिना हुर्टिगले गोल गरे। जर्मनीका लागि पहिलो गोल जुल ब्रान्डले सातौं मिनेटमा गरेकी थिइन्।

खेलको ३०औं मिनेटतिर जर्मनीकी फरवार्ड कार्लोटा भाम्सरले गोललाइनबाट हातले बल रोक्दा सिधै रातो कार्ड पाइन्। यसपछि पाएको पेनाल्टीमा रोल्फोले सहज गोल गर्दै अग्रता ३–१ मा पुर्‍याइन्।

भाम्सरले घाइते कप्तान जुलिया ग्विनको ठाउँमा खेलेकी थिइन्। उनले आँशु झार्दै मैदान छोड्दा कप्तान ग्विनले उनलाई सम्हाल्ने प्रयास गरिन्।

त्यसअघि स्विडेन ब्रान्डको गोलसँगै खेलमा फर्किएको थियो। तीव्र काउन्टर अट्याकमा ब्लाकस्टेनियसले मिडफिल्डबाट बल लिएर एक्लै दौडिदै गोल गर्दै खेल बराबरी बनाएकी थिइन्।

२५औं मिनेटमा होल्मवर्गले जर्मनीको रक्षापंक्तिमा ठोक्किँदा बल उनको खुट्टाबाट डिफ्लेक्ट भएर जर्मन पोस्टमा प्रवेश गर्‍यो। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो। उनी हालसालै विद्यालयबाट स्नातक भएकी हुन्।

खेलको ८०औं मिनेटमा लिना हुर्टिगले नजिकैबाट बल हानेर गोल गर्दै स्कोर ४–१ ऐतिहासिक जित दिलाइन्। जर्मनीका प्रशिक्षक क्रिस्टियन भुकले भने,‘हामी अहिले निराश छौं, तर यसलाई पचाउँछौं। विपक्षी जस्तोसुकै भए पनि क्वार्टरफाइनल खेल्न पाउँदा खुसी छौं, विपक्षी जोसुकै भए पनि।’

समूह ‘डी’ को उपविजेतासँग क्वार्टरफाइनल खेल्ने भएकाले स्विडेनको लागि अबको यात्रा केही सहज हुन सक्छ। जर्मनी भने फ्रान्स, इङ्ल्यान्ड वा नेदरल्यान्ड्समध्ये समूह विजेता बनेको टोलीसँग भिड्नेछ।

स्विडेनको यो जितले टोलीभित्र नयाँ उत्साह भरिदिएको छ। यसपाली ‘ब्राइड्समेड’को ट्याग हटाउने टोलीसँग अवसर छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP