• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उमेर ३८, गोल ५५
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
उमेर ३८, गोल ५५

काठमाडौं। लिओनल मेसीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा लगातार पाँचौं पटक दुई वा बढी गोल गर्ने कीर्तिमानी यात्रालाई आइतबार बिहान पनि जारी राखेका छन्।

उनको उत्कृष्ट प्रदर्शनसँगै इन्टर मियामीले नैशभिल एससीको लगातार १५ खेलको अपराजित यात्रामा २–१ को जितसहित ब्रेक लगाएको छ।

मियामी (११ जित, ३ बराबरी, ५ हार) स्पोर्टर्स शिल्ड तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। क्लब दोस्रो पटक लगातार उपाधि जित्ने अभियानमा छ।

बुधबार न्यु इङ्ल्यान्ड रिभोल्युसनविरुद्ध दुई गोल गरेका मेसी एमएलएस इतिहासमै लगातार चार खेलमा मल्टी–गोल गर्ने पहिलो खेलाडी बनिसकेका थिए। शनिबार उनले त्यसलाई पाँच खेलमा पुर्‍याए।

मेसीले खेलको १७औं मिनेटमा फ्रिकिकमार्फत इन्टर मियामीका लागि गोलको खाता खोले। दोस्रो हाफको सुरुआतमै नैशभिलले बराबरी गोल फर्काययो। ६२औं मिनेटमा मेसीले विपक्षी गोलकिपरको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए।

मेसीले यो सिजन एमएलएसमा १६ खेलमा १६ गोल गरिसकेका छन्। उनी नैशभिलका साम सर्रिजसँग (२१ खेलमा १६ गोल) बराबरी गर्दै लिगको शीर्ष गोलकर्ताको शूचीमा उक्लिएका हुन्।

इन्टर मियामीका प्रशिक्षक जेभियर माश्चरानोले भने, ‘वर्णन गर्न शब्द कम पर्छ। उनले जसरी हरेक तीन दिनमा रेकर्ड तोडिरहेका छन्, त्यो अद्भुत छ। उनी हाम्रो अगुवा हुन्। प्रतिस्पर्धा कसरी गर्ने भनेर उनी उदाहरण बनेर देखाउँछन्। बाँकी खेलाडीहरूलाई पनि उनीसँगै अघि बढ्न प्रेरणा दिन्छन्।’

उनी थप्छन्,‘म यस समयमा उनको साथ हुन पाएकोमा आफूलाई धन्य मान्छु।’ त्यसैगरी, यो खेलअघि नैशभिलले लगातार पाँच जितसहित सबै प्रतियोगितामा अप्रिलदेखि अपराजित रहँदै आइरहेको थियो। त्यो एमएलएसको त्यतिखेरको सबैभन्दा लामो अपराजित यात्रा थियो र क्लब इतिहासको उत्कृष्ट लय पनि।

मेसीको पहिलो गोल एक लो फ्रिकिकमार्फत सम्भव भएको थियो। जुन उनले डिफेन्डरहरूको पर्खालबीचबाट घुमाउँदै गोल गरे। यो मेसीको इन्टर मियामीका लागि ६६ खेलमा ५५औं गोल हो।

दोस्रो हाफको सुरुमा हानी मुख्तारले एन्डी नाजारको क्रस पासमा हेडर गर्दै गोल गरे र खेललाई बराबरीमा ल्याए। तर, केही बेरपछि नैशभिलका गोलकिपर जो विलिसको गल्ती भयो। उनले पास गर्न खोज्दा बल सीधै मेस्सीको खुट्टामा पुग्यो। मेसीले सजिलै गोल गर्दै पुनः इन्टर मियामीलाई अग्रता दिलाए।

प्रशिक्षक माश्चरानोले मेसीको खेल समय व्यवस्थापनबारे पनि छलफल भइरहेको बताए। ३८ वर्षीय मेसीले पछिल्ला सात खेलमा लगातार ९० मिनेटभन्दा बढी खेलेका छन्, जसमा चार क्लब विश्वकप खेलहरू पनि छन्।

‘हामी उनलाई कसरी आराम दिन सक्छौं भन्नेबारे छलफल भइरहेको छ,’ माश्चरानोले भने, ‘हामी दिनप्रतिदिन कुरा गर्छौं। उनी अहिले ठीक महसुस गरिरहेका छन्। तर, उपयुक्त समय आएपछि उनलाई थोरै विश्राम दिनेछौं।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP