काठमाडौं । चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
नयाँ खेलाडी जोआओ पेड्रोको दुई गोलको सहयोगमा चेल्सी फाइनल पुगेको हो ।
चेल्सीले ब्राजिली क्लब फ्लुमिनेन्सलाई २–० गोल अन्तरले पराजित गर्न सफल रह्यो ।
२३ वर्षीया पेड्रोले आफ्नो बाल्यकालको क्लबविरुद्ध पहिलो पटक पूर्ण रुपमा खेलेका थिए । उनले १८ औं मिनेटमा पहिलो गोल गरेका थिए । पूर्व चेल्सी डिफेन्डर थियागो शिल्भाले पेड्रो नेटोको क्रस क्लियर गर्न नसकेपछि उनले गोल गरेका थिए ।
पेड्रोको दोस्रो गोल ५६ औं मिनेटमा भएको थियो । बारमा लागेर भित्र गएको शक्तिशाली प्रहारले चेल्सीको जित सुनिश्चित गरेको थियो ।
यो जितसँगै चेल्सीले प्रतियोगिताबाट ६० मिलियनको आम्दानीमा २२ मिलियन थप गरेको छ । ब्राइटनबाट ५५ मिलियनमा भर्खरै अनुबन्ध गरिएको पेड्रोले लागतको केही अंश चाँडै फिर्ता गरिरहेका छन् ।
चेल्सीका लागि सेमिफाइनलमा खराब पक्ष भनेको मोइसेस काइसिडोको सम्भावित चोट हो । उनले खेलको ९३ औं मिनेटमा आफ्नो एङ्गलमा चोट लागेझै देखिए र खेल सकिनु अघिनै मैदानबाट बाहिरिए ।
चेल्सीले आईतबार सोही मैदानमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन मध्य एक क्लबसँग उपाधिका लागि खेल्नेछ ।