फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

काठमाडौं। नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्लब च्याम्पियन भएको छ।
फाइनलमा सुदूरपश्चिम प्रदेशलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो।
सेमिफाइनमा आर्मीले कोशी प्रदेशलाई ६–० र सुदूरपश्चिमले गण्डकीलाई २ – १ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।
प्रथम हुने टिमले ५० हजार र द्वितीय हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य तथा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा आठ गोल गर्न सफल सुदूर पश्चिम प्रदेशकी आशिका एस के वेस्ट स्कोरर हुँदा प्लेयर अफ द टुर्नामेन्टमा नेपाल आर्मीकी सरस्वती तामाङ भएकी छन्।
यस्तै वेस्ट डिफेन्डरमा सुदूरपश्चिम प्रदेशकी पूर्णिमा नेगी भइन भने नेपाल आर्मीकी कुस्मा रानामगर वेस्ट गोलकिपर हुँदा बागमती प्रदेशकी सपना तामाङ उदयमान खेलाडी घोषित भएकी छन्। विधागत उत्कृष्ट भएका खेलाडीहरूलाई ट्रफी प्रदान गरिएको थियो।












-1765707019177.jpeg&w=3840&q=75)
