आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण

बुधबार, ११ असार २०८२खेलपाटी संवाददाता
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
Loading ad...
mustang rice ad

काठमाडौं। लागु औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ।

संयुक्त राष्ट्र संघ लागु औषध नियन्त्रण कार्यक्रमले लागु पदार्थको रोकथाम खेलकुद र खेलाडीमार्फत गर्नुपर्ने मान्यता राख्ने गर्दछ। खेलाडीहरूसँग नै यसविरुद्ध लड्ने ठूलो साहश र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागु पदार्थ तथा एड्सविरुद्ध नेपाल खेलकुद महासंघको संयुक्त आयोजना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको ओडिटोरियम हलमा आयोजित कार्यक्रममा बुधबार एक दिने प्रशिक्षण आयोजना गरेको हो। नेपालमा असार १२ गते लागु औषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ।

सोही अवसरमा यसको रोकथामबारे अभियान चलाउने उद्देश्यअनुरूप उक्त कार्यक्रम गरिएको एड्सविरुद्ध खेलकुद महासंघका अध्यक्ष ऋषिराज ओझाले जानकारी दिए। उक्त कार्यक्रममा करिब दुई सय जना सहभागी भएको ओझाले जानकारी दिए। लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षणमा न्यार्कोटिकभित्र एन्टी डोपिङ पनि समावेश गरिएको छ। 

राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एन्टि डोपिङका बारेमा प्रशिक्षण दिइएको हो। यस प्रशिक्षणमा लागुऔष सेवनले कस्तो असर पर्छ र यसको रोकथामका लागि खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे कक्षासहित विभिन्न वक्ताले धारणा राखेका थिए।

उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन तथा धाविका सन्तोषी श्रेष्ठ, युएनओडीसीका हेड अलिरिच मैइजर र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले धारणा राखेका थिए। 

उक्त कार्यक्रममा सदस्यसचिव घिसिङले भने एन्टी डोपिङका बारेमा सबै खेलाडीले बुझ्नु जरुरी रहेको र यसको सेवनले खेलाडीको खेलजीवनै समाप्त हुनबारे धारणा राखेका थिए। त्यसैले हरेक खेलाडीले यस विषयमा सचेत हुनु पर्ने र यस्ता कार्यक्रम खेलाडीका लागि निकै फलदायी हुने उनको भनाइ थियो।

साथै उक्त प्रशिक्षणमा एन्टिडोपिङ भनेको के हो ? यसको सेवनले के हुन्छ ? कस्तो अवस्थामा यसको चेकजाँच हुन्छ ? यसले खेलाडीको जीवनमा कस्तो प्रभाव पार्छ र आम सर्वसाधरण जन्तालाई एन्टी डोपिङ बारेमा बुझाउन खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे प्रशिक्षण कक्षा सहित विभिन्न वक्ताले धारणा पनि राखेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित