काठमाडौं। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले प्रथम नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
मकवानपुरको हेटौंडा ४ हुप्राचौरस्थित भलिबल कोर्टमा बुधबार सम्पन्न फाइनलमा न्यु डायमन्डले विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेेको हो।
उपाधिसँगै डायमन्डले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता एपीएफले ३ लाख रूपैयाँमा चित्त बुझायो। तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख र चौथो भएको गण्डकी प्रदेशले ५१ हजार रुपैयाँ हासिल गर्यो।
न्यु डायमन्डले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पार्यो। दोस्रो सेटमा पुनरागमन गर्दै २५–२३ ले खेल आफ्नो पक्षमा ल्यायो। तेस्रो तथा अन्तिम सेट भने २५–१८ ले जित्यो।
बुधबार नै भएको अर्को खेलमा पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेेको थियोे।