काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि रोहितकुमार पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको छ।
लुम्बिनीले मार्की खेलाडी रोहितसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई टिममा राखेको हो।
यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, विकाश अग्रि र आरिफ खानलाई रिलिज गरेको छ।