काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्पिनरद्वय ललितकुमार राजवंशी र सन्दीप लामिछानेले आइसिसी टी–२० आई बलिङ वरीयतामा फड्को मारेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा ललितले २९ स्थान सुधार गरेका हुन्। उनी नयाँ वरीयतामा ५४औं स्थानमा छन्।
यस्तै, सन्दीपले ४१ स्थान सुधार गरेका छन्। यसअघि १०० भन्दा बाहिर रहेका उनी नयाँ वरीयतामा ७५औं स्थानमा आइपुगेका छन्।
यी दुईबाहेक कुनै पनि बलर शीर्ष १०० मा अटाउन सकेका छैनन्।